डा. शेखर कोइरालाले केन्द्रीय कारागारमा पुगेर भेटे बालकृष्ण खाणलाई

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेटेका छन् ।
केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार डा. कोइराला दिउँसो तीन बजे खाणलाई भेटन कारागार पुगेका थिए ।
उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको कारागार स्रोतले बतायो ।
जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध उच्च अदालत पाटनमा अपिल गरेका खाणलाई थुनछेक बहसका लागि पेसी चढ्ने बेला भएको समयमा डा. कोइरालाले भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उच्च अदालत पाटनमा थुनछेकको बहस बिहीबार मात्रै हन्छ । स्रोतका अनुसार जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा गएका यो मुद्दाका प्रतिवादीहरूको मुद्दा भोलि (बिहीबार) पेसी चढ्ने सम्भावना छ । त्यसको पूर्वसन्ध्यामा डा. कोइरालाले खाणलाई भेटका हुन् ।
२७ बैशाखमा चावहिल मैजुवहालस्थित निवासबाट पक्राउ परेका खाणलाई एक असारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
















आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया