‘जेलर’ ले ६ दिनमा कति गर्यो कलेक्सन ?
मेरोन्यूज
२०८० साउन ३२ गते ७:५४

काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘जेलर’ले बक्सअफिस कलेक्सन चार सय करोडभन्दा माथि गरेको छ ।
गत बिहीबार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको सिनेमाले पहिलो दिन नै ४४ करोड भारतीय रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको थियो ।
६ दिनमा भारत र ओभरसिज मार्केट गरेर चार सय करोडभन्दा माथि ग्रस कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘जेलर’को इन्डिया कलेक्सनले दुई सय करोडको अंक पार गरिसकेको र विश्वव्यापी आम्दानी चार सय करोड रूपैयाँभन्दा माथि रहेको समाचारमा उल्लेख छ ।
‘जेलर’ले तमिलनाडु राज्यमा मात्रै पहिलो दिन २३ करोड भारु कलेक्सन गरेको थियो । कर्नाटकमा ११ करोड कलेक्सन गरेको थियो ।
दक्षिण भारतमा रजनीकान्तको लोभलाग्दो क्रेज छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया