‘जेलर’ ले ६ दिनमा कति गर्यो कलेक्सन ?
मेरोन्यूज
२०८० साउन ३२ गते ७:५४

काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘जेलर’ले बक्सअफिस कलेक्सन चार सय करोडभन्दा माथि गरेको छ ।
गत बिहीबार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको सिनेमाले पहिलो दिन नै ४४ करोड भारतीय रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको थियो ।
६ दिनमा भारत र ओभरसिज मार्केट गरेर चार सय करोडभन्दा माथि ग्रस कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘जेलर’को इन्डिया कलेक्सनले दुई सय करोडको अंक पार गरिसकेको र विश्वव्यापी आम्दानी चार सय करोड रूपैयाँभन्दा माथि रहेको समाचारमा उल्लेख छ ।
‘जेलर’ले तमिलनाडु राज्यमा मात्रै पहिलो दिन २३ करोड भारु कलेक्सन गरेको थियो । कर्नाटकमा ११ करोड कलेक्सन गरेको थियो ।
दक्षिण भारतमा रजनीकान्तको लोभलाग्दो क्रेज छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया