बुधबार, फागुन ६, २०८२

लगातारको संसद अबरोध : दोष पन्छाउँदै एमाले

सर्वदलीय बैठक राखेर छलफल गर्न खोज्दै राष्ट्रपति

शितल शर्मा २०८० साउन ३२ गते ११:०३

काठमाडौं । सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरुद्ध गरेको संसद अझै खुल्न सकेको छैन । संसद्‌मा लगातार देखिएको अवरोध हटन नसक्दा संसद अबरोध कसले गर्दा भएको भन्नेमै सत्ता र प्रमुख प्रतिपक्षी दलको अहिले जुहारी चल्न थालेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सत्तापक्षले प्रमुख प्रतिपक्षीले प्रमुख प्रतिपक्षी दल एमालेले साउन २२ गते भएको छलफलका आधारमा सदन खोल्ने सहमति गरेको भएपनि बानेश्वर पुग्दा नपुग्दै फेरि त्यसलाई तोडेर संसदमा उल्झन हालिरहेको आरोप लगाएको छ ।
साउन २३ को बैठकमा दलीय आधारमा एकरएक जना सांसदले बोल्ने र गृहमन्त्रीले जवाफ दिएपछि संसद् नियमित कार्यसूचीमा अघि बढ्ने समझदारी गरेर ओली साउन २२ गते बालुवाटारबाट निस्केको सत्तापक्षका नेताहरुको दावी छ ।

‘बालुवाटारबाट सहमति गरेर निस्केपछि संसद् भवन बानेश्वर पुग्दा नपुग्दै त्यो सहमतिबाट ओलीजी किन र कसरी पछि हट्नुभयो, हामीलाई शंका लागेको छ,’ सत्तापक्षका नेताहरु भन्छन्, ‘संसद्लाई अनन्तकाल बन्धक बनाएर कतै राजनीतिक कोर्सलाई अर्को बाटोमा लैजाने ओलीजीको प्रयत्न त हुँदै छैन भन्ने आशंका उब्जिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले समेत एमालेले भईसकेको सहमति विथोलेर संसदमा अवरोध कायमै राखिरहेको बताएका थिए । सम्पादकहरुसँगको छलफलमा मंगलबार प्रधानमन्त्रीले त्यही संकेत गदै भनेका थिए,–‘ अहिले संसद् चलिरहेको छैन। हामीले प्रतिपक्षसँग सम्झौता पनि गर्‍यौं। बालुवाटरमा कुरा मिल्यो। सभामुखलाई यहीँबाट फोन गरेर संसद् चलाउन भनियो। बानेश्वर पुग्दा उल्लंघन भयो। के होला यो रु हिजोको विघटन र यो ललिता निवासको साइनो सम्बन्ध कहीँं कतै छ होला कि, छैन होला कि १ मलाई गम्भीर आशंका छ, पहिलाकै निरन्तरतामा जाँदैछ। संविधान भंग गर्ने, सरकार चल्न नदिने र कतै लैजाने कसैको मनसाय। सफलचाहिँ हुँदैन त्यो।’

उता प्रमुख प्रतिपक्षी दल एमालेले भने एमालेले सदन अवरोध नगरेको बरु उल्टै सत्तापक्षले अवरोध गरेको जिकिर गरेको छ । ‘संसद् अवरोध गर्नुहुदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’ एमाले अध्यक्ष ओलीले भसिनरहेका छन् ।

उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पनि सत्तापक्षले नै सदन अवरोध गरेको जिकिर गरेका थिए । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर पनि उनले त्यही कुरा दोहोराए । ओलीले सुन प्रकरणमा प्रतिपक्षले आवाज उठाउने र त्यसको सामना गर्न नसक्ने देखेपछि सत्तापक्षले नै निरन्तर सदनमा जर्वजस्ती अवरोध पुरइाउने काम गरिरहेको आरोप लगाउादै आएका छन् ।

तर सदनको काम कावाही हेर्दा सदन सुरु हुने लगत्तै प्रमुख प्रतिपक्षीले उठेर विरोध जनाउने र सभामुखले सदन स्थगित गर्ने श्रंखला निरन्तर चलेकै छ ।

यही श्रृंखलाकै कारण साउन महिनामा एक दिन पनि सदन चलेन । जति दिन बैठक बोलाइए, परिणति उस्तै देखिए । जसले गर्दा सदनमा जनताका प्रतिनिधिहरुले आफना समस्या राख्न पाएका छैनन । निरन्तर सदन अवरोध भईरहँदा सांसदहरूले बाढीपहिरो, डेंगी संक्रमण, पशुमा फैलिएको लम्पी स्किन रोग, भारतले चामल निर्यातमा रोक लगाएपछि भएको मूल्यवृद्धि र कालोबजारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् ।

सत्ता र प्रतिपक्षको यही जुहारीका कारण सदन खोल्ने छाँटकााट नदेखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाउन थालेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरुसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस सभापति शेरवहादुर देउवा हुँदै राष्ट्रपति पौडेलले बुधबार एमाले अध्यक्ष केप ीओलीसँग पनि भेटे । सदनको गतिरोध अन्त्य गर्न उनले प्रमुख तिनै दलका नेतासँग आग्रह गरे ।

तर पनि सदन अझै खुल्ने र सत्ता र प्रतिपक्षका बीचमा समझदारी हुने छेृकछन्द देखिएको छैन । सत्ता प्रतिपक्ष दुवै आ आफ्नै अडानमा रहेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भने सर्बदलीय बैठक राखेर समस्या समाधानको पहल लिन खोजेका छन् ।
त्यसका लागि उनले शुक्रवार या शनिबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक राख्ने तयारी गरेको शित्तलनिवास स्रोतले जानकारी दिएको छ । लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै पौडेलले आफै अग्रसरता देखाउन खोजेका छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया