पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि यस्तो बनायो एमालेले आचारसंहिता
एमालेका कार्यक्रमहरुका ब्यानरमा ओलीको मात्रै फोटो राखिने, अतिथीहरुलाई दर्शकदिर्घामा राखिने

काठमाडौं । नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रमलाई भड्किलो नबनाउने भन्दै पार्टीमा ५ बुँदे आचारसंहिता बनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले त्यस्तो आचारसंहिता बनाएको हो ।
अब देखि पार्टीका औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको मात्र फोटो राख्ने देखि मञ्चको प्रयोग वक्क्ताले मात्रै गर्नेसम्मको आचारसंहिता एमालेले बनाएको हो । पार्टीले कार्यक्रमलाईम र्यादित बनाउने र भड्किलो हुन नदिन आचारसंहिता बनाएको एमाले अध्यक्ष केपी ओलीले बुधबार एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्टै एमाले उपमहासचिव विष्णु रिमालले एमालेले बनाएको आचारसंहिता सामाजिक सन्जालमार्फत सार्बजनिक गरेका हुन् ।
उपमहासचिव रिमालले आफ्नो फेसबुक पेजमा पार्टी सचिवालयको निर्णय भन्दै कार्यक्रममा भएका भद्धा आशन ग्रहण र अनुहारै छोप्ने गरीका फूलमाला खादालाई निरुत्साहित गर्न पार्टीको साउन ३० गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
रिमालका अनुसार एमालेका कार्यक्रमहरुका ब्यानरमा अध्यक्ष ओलीको बाहेक अन्य नेताहरुको फोटो प्रयोग गरिने छैन । अतिथीहरुलाई दर्शकदिर्घामा नै मर्यादित ढंगले राख्नुपर्नेछ ।
मञ्चको प्रयोग वक्ताले मात्र गर्न पाउनेछन् । यसैगरीआसन ग्रहणको लम्बेतान शैलीलाई अन्त्य गरिने एमालेले जनाएको छ । कार्यक्रम सरल ढंगले गर्ने र खादा मालाको अनावश्यक प्रयोग नगर्ने रिमालले जनाएका छन् ।
यस्तो छ एमालेको पार्टी कार्यक्रममा ५ बुँदे आचारसंहिता
१) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने
२) मञ्चको प्रयोग वक्ताले मात्र गर्ने
३) अतिथि र वक्ताहरुको आसन दर्शक दीर्घामा नै हुने
४) कार्यक्रम सुरु भएपछि आसन ग्रहणको परम्परा अन्त्य गर्ने
५) ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने, भडकिलो नबनाउने ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया