पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि यस्तो बनायो एमालेले आचारसंहिता
एमालेका कार्यक्रमहरुका ब्यानरमा ओलीको मात्रै फोटो राखिने, अतिथीहरुलाई दर्शकदिर्घामा राखिने

काठमाडौं । नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रमलाई भड्किलो नबनाउने भन्दै पार्टीमा ५ बुँदे आचारसंहिता बनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले त्यस्तो आचारसंहिता बनाएको हो ।
अब देखि पार्टीका औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको मात्र फोटो राख्ने देखि मञ्चको प्रयोग वक्क्ताले मात्रै गर्नेसम्मको आचारसंहिता एमालेले बनाएको हो । पार्टीले कार्यक्रमलाईम र्यादित बनाउने र भड्किलो हुन नदिन आचारसंहिता बनाएको एमाले अध्यक्ष केपी ओलीले बुधबार एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्टै एमाले उपमहासचिव विष्णु रिमालले एमालेले बनाएको आचारसंहिता सामाजिक सन्जालमार्फत सार्बजनिक गरेका हुन् ।
उपमहासचिव रिमालले आफ्नो फेसबुक पेजमा पार्टी सचिवालयको निर्णय भन्दै कार्यक्रममा भएका भद्धा आशन ग्रहण र अनुहारै छोप्ने गरीका फूलमाला खादालाई निरुत्साहित गर्न पार्टीको साउन ३० गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
रिमालका अनुसार एमालेका कार्यक्रमहरुका ब्यानरमा अध्यक्ष ओलीको बाहेक अन्य नेताहरुको फोटो प्रयोग गरिने छैन । अतिथीहरुलाई दर्शकदिर्घामा नै मर्यादित ढंगले राख्नुपर्नेछ ।
मञ्चको प्रयोग वक्ताले मात्र गर्न पाउनेछन् । यसैगरीआसन ग्रहणको लम्बेतान शैलीलाई अन्त्य गरिने एमालेले जनाएको छ । कार्यक्रम सरल ढंगले गर्ने र खादा मालाको अनावश्यक प्रयोग नगर्ने रिमालले जनाएका छन् ।
यस्तो छ एमालेको पार्टी कार्यक्रममा ५ बुँदे आचारसंहिता
१) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने
२) मञ्चको प्रयोग वक्ताले मात्र गर्ने
३) अतिथि र वक्ताहरुको आसन दर्शक दीर्घामा नै हुने
४) कार्यक्रम सुरु भएपछि आसन ग्रहणको परम्परा अन्त्य गर्ने
५) ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने, भडकिलो नबनाउने ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया