इन्जिनियर श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद र ५ लाख जरिवाना

काठमाडौँ । विशेष अदालतले जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई सहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र बलभद्र बाँस्तोलाको इजलासले मुद्दाका अन्य चार प्रतिवादीलाई भने सफाइ दिएको छ ।
बिहीबारको इजलासले कसुरदार ठहर गर्दै तीन महिना कैद सुनाएको अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । इञ्जिनिएर श्रेष्ठलाई दुईवटा मुद्दामा तीन–तीन महिना कैद तोकिएको छ भने इजलासले जरिवानासमेत निर्धारण गरेको छ ।
विशेषले इन्जिनियर श्रेष्ठले भ्रष्टाचार निवारण ऐनको दफा १९(२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८(१०)ग बमोजिमको कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । साथै, चार लाख ९९ हजार ६६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।
आर्थिक वर्ष ०७३।७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २९ असार ०७९ मा सातजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमध्ये तीनजनाले कसुर गरेको विशेष अदालतको फैसला छ ।
जिल्लाको खेलकुद विकास समिति र उदय निर्माण सेवाबीच भएको सम्झौतामा निर्धारित सर्त तथा मापदण्डविपरीत कार्य भए पनि जिससका इन्जिनियर श्रेष्ठले उक्त कार्य गुणस्तरीय र मापदण्डबमोजिम भएको भनी प्रमाणित गराएका थिए । उनले नै भएकोभन्दा बढी काम भएको भनी सिफारिस गरेपछि सरकारलाई लाखौैँको क्षति भएको दाबी अख्तियारले गरेको थियो ।
दुई निर्माण कम्पनीका सञ्चालकसमेत यसमा दोषी ठहर भएका छन् । यद्यपि उनीहरूलाई बिगो भराउने र जरिवाना तिराउने फैसला मात्रै भएको विशेषले जनाएको छ ।
अधिकृत रेग्मीले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक भीमराज यादव र उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई जनही अढाई लाख रुपैयाँभन्दा बढी जरिवाना भएको जानकारी दिए ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया