शुक्रबार, माघ २३, २०८२

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ

मेरोन्यूज २०८० भदौ १ गते १०:२७

चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो ।

उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै थिए। आइएससी पास भएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।

प्रतिक्रिया