सरकार छाड्न परे छाड्छौं तर भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताए । अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पताल’को आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।
‘‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उपप्रधानमन्त्री श्रेष्ठले खुशी व्यक्त गरे ।
राजनीतिक परिवर्तनलाई सामाजिक(आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उनले बताए ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया