एक वर्षमा नेपालमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । नेपालमा एक वर्षमा सवा १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको भन्दा २१।२ प्रतिशतले बढी हो ।
अघिल्लो आव २०७८/७९ मा नेपालमा १० खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०७८र७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १००७ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष ८।२ प्रतिशतले बढेको थियो । सो बर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई चार लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई दुई लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया