बुधबार, फागुन ६, २०८२

कोशी प्रदेशका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

मेरोन्यूज २०८० भदौ १ गते १३:४९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा  भदौ ३ गते आइतबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको छ।

हाल सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि ४ गते सोमबारको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिनका लागि कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधनसहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत लिनका लागि निवेदन दिएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

प्रतिक्रिया