मन्त्री किरातीले सोधे पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापालाई ८ बुँदे स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषका सदस्यसचिव मिलनकुमार थापालाई ८ बुँदे स्पष्टीकरण सोधेका छन्।
मन्त्री किराँतीले पशुपति क्षेत्रभित्रका विभिन्न पसल, पार्क तथा धर्मशाला सञ्चालन सम्झौता, विभिन्न हिसाबकिताबसमेतका विषय समेटेर शुक्रबार ८ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
‘पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन हुँदै आएका विभिन्न विषयका काम कारबाहीमध्ये देहायका विषय क्षेत्रसँग सम्बन्धित निर्णय, कागजातका प्रमाणित प्रतिलिपि तथा बुँदागत रूपमा स्पष्ट हुनेगरी सोसँग सम्बन्धित स्पष्ट जानकारी ७ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाबाट माग गर्ने,’ मन्त्रालयले गरेको निर्णयमा उल्लेख छ ।
सदस्यसचिव थापासँग कोषबाट आफ्नो क्षेत्रभित्रका पसल, भवन, पार्क, धर्मशाला सञ्चालनका निमित्त कससँग, कुन व्यहोराको सम्झौता भएको छ सो सम्झौताका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन, कोषलाई बुझाउन बाँकी र बक्यौता रकमको विवरण, कोषबाट गरिएका सम्झौता बमोजिमको असुल उपर गरी लिनुपर्ने दायित्वबमोजिम रकमको हिसाब बुझाउन निर्देशन दिइएको छ ।
‘कोषले असुलउपर गर्ने, अनुगमन गर्ने र त्यसउपर कारबाही गर्ने समेतको काम, कर्तव्य र दायित्व त्यहाँको प्रचलित नियमानुसार कुन–कुन पदाधिकारी, कर्मचारीलाई तोकिएको छ, सोको विवरण,’ स्पष्टीकरणमा सोधिएको छ ।
कोष मातहत रहेको वनकालीको पार्किङ सम्झौताबमोजिम असुल हुनुपर्ने रकम विवरणसहितको व्यहोरा, कोषको गुरुयोजनाअनुसार पशुपति क्षेत्रका ७ र ८ नम्बर वडाका जग्गा अधिग्रहण गर्ने सम्बन्धमा मिति २०६६ भदौ ६ को निर्णयको व्यहोरा उपलब्ध गराउन स्पष्टीकरणमा मन्त्री किराँतीले निर्देशन दिएका छन् ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया