कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी अध्यादेश सर्वसम्मत पारित

विराटनगर । कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।
उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन् । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा संकल्प लिनुपर्ने धारणा राखे ।
बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद केदार कार्कीले मोरङको सुन्दर हरैचाबाट सुरु भएको लम्पी स्कीन सङ्क्रमणबाट प्रदेशमा दुई लाख ८१ हजार पशु प्रभावित भई नौ हजार तीन सय ९७ पशु मरेको जानकारी गराए ।
उनले सुनसरीको प्रमुख सहर धरान उपमहानगरपालिकामा देखिएको डेङ्गुुले विकराल रुप लिएकाले यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । कार्कीले सङ्खुवासभा, ताप्लेजुङ र भोजपुरमा अविरल वर्षाका कारण भएको जनधन क्षतिप्रति सरकार र प्रदेशसभा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
नेकपा (एमाले)का सांसद रामबहादुर मगरले समस्यामा परेका जनतालाई राहत दिन सरकारको क्षमता हराएको उल्लेख गर्दै बाढीपहिराबाट समस्यामा परेका जनतालाई राहत दिन सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले सरकार बनाउने र ढाल्ने प्रवृत्तिले गर्दा जनता सामु दलका नेता र सांसद टिक्न नसक्ने दाबी गरे ।
प्रदेशसभा सदस्य उमाकान्त गौतम, खगेनसिं हाङ्गाम, गोपाल तामाङ, गोम्बु शेर्पा, छविलाल चुँडाल, मीरादेवी खनाल, मम्ता तामाङ मगर, रमेशकुमार बस्नेत, विदुरकुमार लिङ्देन, विनोद राई, सदानन्द मण्डल र सपना दर्जीले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाएकी थिइन् ।
प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिइन् ।
















NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया