बिहीबार, वैशाख ३, २०८३

‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

मेरोन्यूज २०८० भदौ २ गते ८:३१

काठमाडौं । उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबार आयोजित एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् ।

जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागीता रहेको थियो ।

२२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागीता रहेको छ ।

‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बता जानकारी दिए ।

उनले, विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको बताए ।

प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा। पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा। अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागीता रहेको थियो ।

२२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।

प्रतिक्रिया