शुक्रबार, माघ २३, २०८२

सुन तस्करीको अनुसन्धान सीआईबीले टुंगो लगाउँछ : गृहमन्त्री

मेरोन्यूज २०८० भदौ ३ गते १६:१९

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नै टुंगोमा पुर्‍याउने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको ७ दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले सुन तस्करी सिआइबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने बताएका हुन् । ‘सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्‍याउँछ,’ गृहमन्त्री श्रेष्ठले भने ।

उनले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए ।

‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’

प्रतिक्रिया