बच्चालाई बोरामा राखेर भारत लैजाँदै गर्दा भारतीय पक्राउ

काठमाडौँ । दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक भारतीयले सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बाराको सिमावर्ती गाउँपालिका देवतालबाट भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले जानकारी दिए ।
उनले देवताल गाउँपालिका–३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरा बोरामा राखेर भारत लैजादै गर्दा फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
बच्चालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको उनले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया