अनुसन्धान प्रतिवेदन बुझाएपछि पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग सोमबार साँझ बयान लिएको छ । जोशीलाई प्रहरीले सोमबार दिउँसो बयानका लागि बोलाए पनि आज बयान हुन नसक्ने भन्दै फर्काएको थियो ।
सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका उल्लेख गरेका छन् ।
‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ, ’ उनले ट्वीटरमा लेखेका छन्, ‘चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।’
उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदको निर्णय हुँदा आफू मन्त्री नभएको बताएका छन् ।
तत्कालीन मन्त्री जोशीले ललिता निवास जग्गा व्यक्तिको नाममा बेच्ने क्रममा टिप्पणी सदर गरेको आरोपमा ब्युरोले उनीसँग बयान लिएको हो ।
अन्ततः बोझबाट हलुका भएको छु । CIB समक्ष बयान दिएर अइयो । CIB लाइ धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु ।
— Chandra Deo Joshi (@cdjoshiNPL) August 21, 2023















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया