बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु प्रहार
मेरोन्यूज
२०८० भदौ ५ गते १०:४४

काठमाडौं। बझाङमा एकै परिवारका ३ जनामाथि चक्कु प्रहार गरिएको छ । सुर्मा गाउँपालिका–३ घर भई सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने एकै परिवारका ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।
बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार गएराति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार भएको हो ।
सुनिताका श्रीमान कलम बिक काठमाडौँमा छन् । उनी नभएको बेला श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।
सम्बन्धित















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया