शुक्रबार, माघ २३, २०८२

सशस्त्रका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

मेरोन्यूज २०८० भदौ ५ गते १७:५९

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। २०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डिएसपिमा बढुवा भईसकेको छन्। बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन्।

यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन्।

डीएसपी भएका दुवैटोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मुल्याङ्कनलाई आधार बनाएर गरिएको छ। सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही चाही दोश्रो लटमा डीएसपी भएका थिए। सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए।

प्रतिक्रिया