ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

चन्द्रपुर । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् ।
पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उनी सख्त घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ
ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पु¥याएको बताइएको छ ।
दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन् । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पु¥याएको बताए ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया