एम्बाप्पेको दुई गोलमा पिएसजी विजयी
मेरोन्यूज
२०८० भदौ १० गते ७:४५

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले लेन्समाथि ३-१ गोल अन्तरको जित हासिल गरेको हो ।
पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने एक गोल मार्को असेन्सियोले गरेका थिए । त्यसैगरी लेन्सका लागि एक गोल मोर्गन गुइलाभोगुइले गरेका थिए ।
यसअघि दुवै खेलमा बराबरीमा रोकिएको पिएसजीको यस सिजनमा यो पहिलो जित हो । यो खेलपछि पिएसजीको ३ खेलमा ५ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी लेन्सको भने यो दोस्रो हार हो । ३ खेलमा लेन्सको एक अंक रहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया