सोमबार, चैत ३०, २०८२

फेरि २००० भन्दा तल ओर्लियो नेप्से

मेरोन्यूज २०८० भदौ १० गते १६:०४

काठमाडौँ । आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर दुई हजार भन्द तल ओर्लिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर १९९३.३८ विन्दुमा झरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार पनि घटेको नेप्सेले आइतबार पनि त्यही लयलाई निरन्तरता दियो । गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० विन्दुभन्दा तल झरेको थियो।

आइतबार सेन्सेटिभ इण्डेक्स ३.४४, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यस्तै, लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया