सोमबार, मंसिर ८, २०८२

टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री

मेरोन्यूज २०८० भदौ १० गते १८:५८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका थिए । आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’ को लोकार्पण कार्यक्रममा प्रधानमन्त्री दाहालले टुहुरेको योगदानको कदर गर्दै सरकारले उनलाई जनगायकको उपाधि दिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो।’

टुहुरे बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहेको दाहालले बताए ।

प्रतिक्रिया