स्टार्टअपलाई परिभाषित गर्न तत्काल स्टार्टअप नीति ल्याउन आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए । उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवद्र्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे । अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धि स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए । उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
ढकालले सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरुलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको बताए । अध्यक्ष ढकालले स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने बताए ।
उनले भने, –‘उद्योग वाणिज्य महासंघले स्टार्टअप नीतिको ड्राफ्ट बनाएर मन्त्रालयमा पेस गरेका थियौं । त्यसमा धेरै चरणको छलफल भइसकेको छ । स्टार्टअप नीति छिटै पारित गर्नुपर्छ भन्ने महासंघको धारणा रहेको छ । यसले नीतिगत स्पष्टतासँगै स्टार्टअपलाई परिभाषित पनि गर्ने छ । जुन अझै हुन सकेको छैन । स्टार्टअपको परिभाषा नहुँदा विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु ल्याइए पनि कार्यान्वयन हुन सकेका छैनन् । कोभिड महामारी र अहिले व्यवसाय सञ्चालनमा आएको समस्याले स्टार्टअपहरु जोखिममा परेकाले जोखिम प्रतिरोध गर्ने क्षमता बढाई व्यवसायलाई निरन्तर दिनु पर्ने चुनौति थपिएको छ । स्टार्टअप नीति ल्याएर सहयोग प्रदान गर्नु आजको आवश्यकता हो । स्टार्टअप जन्माउने , हुर्काउने र निरन्तरताको लागि आवश्यक पुँजी र उचित मार्गदर्शन दुवैको आवश्यकता पर्छ । यसका लागि बलियो साझेदारी चाहिन्छ । स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधा एवं युकुभेसन सेवा प्रदान गर्ने व्यवस्थाको लागि महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको छ । नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न सकिँदैन । स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेको छ ।’
अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गरे । उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए । उनले स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेको बताए ।
















राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया