सोमबार, चैत ३०, २०८२

एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न

मेरोन्यूज २०८२ चैत ३० गते १४:०८

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ । सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनलाई अप्रेशन थिएरटरबाट आईसीयूमा सारिएको छ। केही समय आईसीयूमै चिकित्सकको निगरानीमा राखिने उनले बताए। त्यसपछि स्वास्थ्य अवस्था हेरेर जनरल वार्डमा सारिने उनले जानकारी दिए। 

नेफ्रोलोजी विभागका प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेशराज सिग्देलको समन्व्यमा प्रा.डा. पलेश्वा जोशी लाखे, सहप्राध्यापक डा. विष्णुप्रसाद कँडेल र डा. दिपक शर्माको टोलीले शल्यक्रिया गरेको हो। शल्यक्रिया टोलीमा एनेश्थेसियालोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न रहेको अस्पतालले जनाएको छ। 

आईसीयूमा सहप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेमराज पनेरुसहितको टोली उपचार गरिरहेको छ। त्यस्तै, कार्डियोलोजीको तर्फबाट प्रा.डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा संलग्न रहेको अस्पतालले जनाएको छ। 

ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यसयता अस्पतालमै राखिएको छ। 

सर्वोच्च अदालतको परमादेशपछि उनलाई रिहा गरिएको थियो। उनीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको थियो। 

ओलीको स्वास्थ्यमा शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमै राखिएको थियो। उनको उपचार चलिरहेको छ। 

प्रतिक्रिया