पाकिस्तानविरुद्ध नेपालको चौँथो विकेट

काठमाडौँ । नेपालले पाकिस्तानको चौँथो विकेट लिएको छ । पाकिस्तानको चौँथो विकेटका रुपमा आगा सलमानलाई गुमाएको छ । उनी १४ बलमा ५ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका थिए। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् ।
पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए।
यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३।४ ओभरमा ४४ रनमा रनआउट गर्यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिडमार्फत् रनआउट गरेका थिए।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया