त्रिवि र विद्यार्थी संगठनहरुबीच इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धि फिर्ता गर्ने सहमति

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच बुधबार पाँच बुँदे सहमति भएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानलाई बृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने सहमति भएको हो ।
सात दिनभित्र प्रतिवेदन दिने गरी विद्यार्थी प्रतिनिधिसहित समिति गठन बनाउने र त्यसका आधारमा शुल्क लागू गर्ने पनि सहमति भएको बताइएको छ । ।
हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु गर्ने र आमरण अनसन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्राडाशिवलाल भुसालसहितका पदाधिकारी र विद्यार्थी संगठनका तर्फबाट नेविसंघ अध्यक्ष दुजाङ शेपा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितले हस्ताक्षर गरेका छन् ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया