बिहीबार, वैशाख २४, २०८३

मैले उठाउने प्रश्न अब ममाथि उठ्छन् : पारस खड्का

मेरोन्यूज २०८० भदौ १५ गते २०:५२

काठमाडौँ । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैमाथि आउने बताएका छन् ।

Advertisement
NiccNicc

ललितपुरस्थित धोबीघाटमा शुक्रबार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले पहिलो पटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको बताए । क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने शुरुवात भएको पनि उनले बताए ।

यसअघि आफै उठाउँदै आएको परिवर्तनको प्रश्न आफैमाथि आउने पनि उनको भनाइ थियो ।

आगामी दिन वागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेका पनि पारसले बताए ।

केन्द्रिय निर्वाचनमा पारसले सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया