एसिया कप : भारत-पाकिस्तानको खेलमा बन्न सक्छन् यी पाँच रेकर्ड

एसिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाकाे क्यान्डीमा हुने यस खेलमा दुवै टोलीका खेलाडीले पाँचवटा विशेष कीर्तिमान बनाउन सक्नेछन् । भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १३ हजार रन पूरा गर्न सक्नेछन् । यस्तै बाबर आजमसँग पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने सईद अनवरको बराबरी गर्न सक्ने छन् ।
१. विराट काेहलीले राख्न सक्छन् रेकर्ड
भारतीय स्टार ब्याटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १३ हजार रन पुर्याउने पाँचौँ खेलाडी बन्ने सम्भावना छ। उनी जम्मा १०२ रनले पछाडि छन्। आफ्नो २६६ औँ खेलमा उनले १३ हजार रन पूरा गर्न सक्छन्। कोहली सबैभन्दा कम खेलमा १३ हजार रन बनाउने पहिलो खेलाडी बनाउने सम्भावना छ। अहिलेसम्म यो रेकर्ड भारतीय क्रिकेट स्टार सचिन तेन्दुलरका नाममा छ। उनले ३२१ खेलमा १३ हजार रन पूरा गरेका छन्।
२. बाबर सइद अनवरको बराबरी गर्न सक्छन्
पाकिस्तानका शीर्ष ब्याट्सम्यान बाबर आजमले एकदिवसीयमा १९ शतक बनाएका छन् । बाबरले यस एसिया कपमा नेपालविरुद्ध आफ्नो १९ औं शतक प्रहार गरेका थिए । बाबर आजमले शनिबार अर्को शतक बनाए भने उनले पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा धेरै शतक बनाउनेमा सइद अनवरको बराबरी गर्नेछन्।
२० एकदिवसीय शतक लगाउने अनबर पनि पाकिस्तानकै खेलाडी हुन्। उनले पाकिस्तानका लागि १९८९ देखि २००३ सम्म खेलेका थिए। उनले २४३ खेलमा २० शतक र ४३ अर्धशतक लगाएका थिए।
३. इमाम बन्न सक्छन् सबैभन्दा छिटो ३००० रन बनाउने ब्याट्सम्यान
पाकिस्तानी ब्याटर इमाम-उल-हकसँग एकदिवसीय खेलमा तीन हजार रन पूरा गर्ने मौका छ। यही खेलमा उनले तीन हजार पुर्याएमा सबैभन्दा चाँडो उक्त आंकडा बनाउने पाकिस्तानी खेलाडी बन्नेछन्। उनले ६३ एकदिवसीय खेल खेल्दै २ हजार ८८९ रन बनाएका छन्। अब उनलाई १११ रन चाहिएको छ। सवैभन्दा कम खेलमा तीन हजार रन बनाउने रेकर्ड साउन अफ्रिकी खेलाडी हासिम आमलासँग छ। उनले ५७ खेलमै तीन हजार रन बनाएका छन्। पाकिस्तानकै फखर जमामले ६७ खेलमा तीन हजार पुर्याएका छन्।
४. रविन्द्र जडेजालाई दुई रेकर्ड बनाउने मौका
रवीन्द्र जडेजासऊ एकदिवसीय खेलमा दोहोरो सेन्चुरी विकेट लिने मौका छ। तर, उनले शनिबारकै खेलमा ६ विकेट लिनुपर्छ। अहिलेसम्म उनीसँग १९४ विकेट छन्। उनीभन्दा पहिले ६ भारतीय खेलाडीले एकदिवसीय खेलमा २०० विकेट लिने मौका पाएका छन्।
जडेजाले एकदिवसीय क्रिकेटमा दुई हजारभन्दा बढी रन बनाएका छन् । उनको नाममा अहिलेसम्म २५६० रन छ । ६ विकेट लिएर उनी यो उपलब्धि हासिल गर्ने दोस्रो त्यस्तो अलराउन्डर बन्नेछन् । यसअघि कपिल देवले यो उपलब्धि हासिल गरेका छन् । कपिलले २२५ खेलमा ३ हजार ७८३ रन र २५२ विकेट लिएका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया