महिला विश्वकप छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८० भदौ १८ गते ९:४८

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।
मलेसियामा सोमबार भएका खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा नै पुरा ग¥यो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाइन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।
यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो ।
नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया