मेसी प्रेरित इन्टर मियामीले लस एन्जल्सलाई हरायो
मेरोन्यूज
२०८० भदौ १८ गते ११:०४

काठमाडौँ । लियोनेल मेसी प्रेरित इन्टर मियामीको जितको सिलसिला जारी रहेको छ । मेजर लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीले बलियो मानिएको लस एन्जल्स एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
इन्टर मियामीको जितमा फाकुन्दो फारियस, जोर्डी अल्बा र लिओनार्दो क्याम्पानाले एक एक गोल गरेका थिए ।
त्यस्तै इन्टर मियामीका लागि लियोनेल मेसीले दुई गोल असिस्ट गरेका थिए । त्यस्तै लस एन्जल्सका लागि एक गोल रियान होलिन्ग्सहेडले गरेका थिए ।
यो जितपछि इन्टर मियामी इस्टर्न क्षेत्रमा २५ खेलमा २५ अंक हासिल गरेको छ र लिगमा १४ स्थानमा रहेको छ ।
त्यस्तै वेस्टर्न क्षेत्रमा रहेको लस एन्जल्सको भने यो यस सिजनमा आठौ हार हो । लस एन्जल्सको २६ खेलमा ४० अंक छ र वेस्टर्न क्षेत्रमा तेस्रो स्थानमा रहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया