नेपाल र भारतबीच क्रिकेटमा भिडन्त (तस्बिरहरू)

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपाल पहिलो पटक भिडिरहेको छ । वर्षाले खेल अवरुद्ध हुने बेलासम्म नेपालले ३७ ओभर ५ बलमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।
नेपालले पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको हो । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो ।
श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट रंगशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएका हुन् ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए ।









तस्बिरहरू : एएफपी/रासस
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया