विराट कोहलीसहितका भारतीय खेलाडीले लगाइदिए नेपाली खेलाडीलाई मेडल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य भारतले ओभर छोट्याएको खेलमा बिनाक्षति पूरा गरेको थियो।
तर पनि नेपालले सोमबार गरेको प्रदर्शनलाई लिएर सबैतिर प्रशंसा भइरहेको छ । विशेषगरी आशिफ शेख र सोमपाल कामीको शानदार प्रदर्शनको तारिफ भइरहेको छ।
खेलपछि भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो ।
भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।
नेपालका प्रमुख प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए ।
यसकाे भिडियाे सार्वजनिक गर्दै क्यानले अविस्मरणीय क्षण भनेको छ।
उक्त भेटघाटपछि नेपाली खेलाडीहरुले भारतीय खेलाडीसँगका सेल्फी र तस्बिर सार्वजनिक गरेका छन्। सोमपाल कामीले विराट कोहलीबाट जुत्तामा अटोग्राफ लिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया