कान्ति अस्पतालले इमर्जेन्सीमा बालिकाको मृत्युबारे छानबिन गर्न बनायो समिति

काठमाडौँ । कान्ति बाल अस्पतालले अस्पतालको इमर्जेन्सी कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन गरेको छ ।
अस्पतालका निर्देशक डा. पंकज रायले प्रकाश जोशीको संयोजकत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न पाँच दिन समय दिइएको समितिमा अस्पतालका शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहेको डा. रायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । रेजिशालाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५ः०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याए पनि ७ बजेसम्म उपचारको पालो नआएपछि उनको मृत्यु भएको थियो ।
यो विषयबारे मिडियामा समाचार आएपछि अस्पतालले छानबिन गर्न समिति बनाएको हो ।

















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
प्रतिक्रिया