रिजालको निधनमा शुक्रबार काठमाडौं महानगरमा शोक बिदा
मेरोन्यूज
२०८० भदौ २१ गते १५:१८

काठमाडौं । वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार)शोक बिदा दिएको छ।
काठमाडौं महानगरपालिका–१६का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। रिजालको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
‘आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ,’ मानन्धरले भने।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो। दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरेर उपचार गराइरहेका रिजालको उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको थियो ।
रिजाल कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया