शनिबार, फागुन २, २०८२

२४ भदौमा बोलाइएको राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्म स्थगित

मेरोन्यूज २०८० भदौ २२ गते १४:४८

काठमाडौँ । राष्ट्रिय सभाको भदौ २४ गते बिहान ११.०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय अध्यक्ष गणेश तिमिल्सिनाले निर्धारण गर्ने उनको सचिवालयले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विधेयकहरू मात्रै रहेको पनि सचिवालयले जनाएको छ । अध्यागमन विधेयक विधायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेस भइसकेको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले सो विधेयक गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन गरेर खबर गर्ने बताएकाले पारित गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया