भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर (३१ माइल) पश्चिममा अवस्थित थियो ।
कम्पन दिउँसो १ः३० बजे (०२ः३० जिएमटी) अघि आएको जनाइएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ । समुद्री सतहमा असामान्य उतारचढाव नदेखिएकाले थप सतर्कता सन्देश जारी गर्नुपरेको छैन । पोर्ट ओल्रीस्थित समुद्रकिनार आवासगृहमा कार्यरत एन्जेलिक फ्रान्कले भूकम्प ‘धेरै ठूलो’ महसुस भएको बताए । उनका अनुसार कम्पन झण्डै एक मिनेटसम्म चलेको अनुभव भएको थियो
। “थाल, कचौरा र भाँडाकुँडा लामो समयसम्म हल्लिरहेका थिए, तर केही पनि भुइँमा खसेन”, उहाँले भन्नुभयो, “केही स्थानीय बासिन्दा चिन्तित देखिन्थे, तर अवस्था अहिले सामान्य नै छ ।” उनले आफ्नो वरपर कुनै स्पष्ट क्षति नदेखिएको जानकारी दिनुभयो । सम्बन्धित निकायहरूले अवस्था निगरानीमा राखेका छन् र आवश्यक परे थप स्थलगत मूल्याङ्कन गरिने जनाइएको छ ।
करिब तीन लाख २० हजार जनसङ्ख्या रहेको भानुआटु रिङ अफ फायर भनिने तीव्र भूगर्भीय गतिविधिको क्षेत्रमा पर्छ । दक्षिणपूर्व एसिया र प्रशान्त महासागर आसपास फैलिएको यस क्षेत्रका कारण यहाँ समय–समयमा भूकम्पीय कम्पनहरू महसुस हुनु असामान्य मानिँदैन । यद्यपि प्रत्येक शक्तिशाली धक्काले सम्भावित जोखिमप्रति सतर्कता अपनाउनुपर्ने आवश्यकता स्मरण गराउने गर्दछ ।
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया