शनिबार, फागुन २, २०८२

कार्की कोशीको मुख्यमन्त्री नियुक्त, उनीसँगै शपथ लिने तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो

मेरोन्यूज २०८० भदौ २२ गते १८:०४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुुङले प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनको सपथ केहीबेरमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले आजै तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नेछन् । मन्त्री र राज्यमन्त्रीको टुंगो एमालेले लगाएको छ ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको छ ।

प्रतिक्रिया