सोमबार, चैत ३०, २०८२

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदनको ओइरो

मेरोन्यूज २०८० भदौ २३ गते ७:५१

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा दोश्रो दिनसम्ममा नै मागभन्दा ६ गुणा बढी आवेदन परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार बेलुकी ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा डेढ करोड भन्दा बढी कित्ताका लागि आवेदन परेको हो।

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेपनि एक करोड ५० लाख ८६ हजार ४६० कित्ताका लागि आवेदन परेको छ । यसरी, कम्पनीको मागभन्दा ६.२१ गुणा बढी आईपीओकालागि आवेदन परेको हो ।

शुक्रबारसम्म कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या ६ लाख १७ हजार ४९९ रहेको छ । जसबापत ७५ करोड ४३ लाख २३ हजार रूपैयाँ बराबर संकलन भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गते अथवा यहिँ सोमबारसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया