परिवर्तनमा ज्यापु समुदायको योगदान अमुल्य : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमुल्य योगदान रहेको बताएका छन् । ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माणू भन्ने मुल नारासहित काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिंदै प्रमुख अतिथिका रूपमा उनले सो कुरा बताएका हुन् ।
‘संघीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठुलो योगदान छ। ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफुलाई अग्रणी र निर्णायक सावित गरेको छ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने । काठमाडौंको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीघरमा बसेर कार्यक्रमहरू बनाईएको समेत उनले स्मरण गरे ।
तर ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकोले वर्तमान सरकार समृद्धिको मुल प्राथमिकतासहित अगाडि बढेको उनले बताए । ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, सरकार त्यही अभियानमा छ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने । भ्रष्टाचारीमाथिको कारबाही प्रक्रियाबाट पछाडि नहटिने र दलाल पुँजीका सट्टा राष्ट्रिय पुँजीको प्रवर्द्धन गरिने समेत उनले बताए ।
‘सामाजिक विविधता भित्रको एकतामा बिग्रह फैलाउने काम त भएको छैन ? यसनिम्ति सचेत हुदै अगाडि बढ्नुपर्ने र ज्यापु जस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भुमिका खेल्नुपर्ने उनले बताए ।

















सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया