सोमबार, मंसिर ८, २०८२

जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी

मेरोन्यूज २०८० भदौ २४ गते ११:१४

काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् ।

उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी हुन् ।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका ग्यारेट विजयी भएकी हुन् ।

त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको हो ।
विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिरा्एकी हुन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो ।

एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योति रहेकी थिइन् ।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसावमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया