सोमबार, चैत ३०, २०८२

१०.२३ अंक बढेर १९४२.६८ विन्दुमा उक्लियो नेप्से

मेरोन्यूज २०८० भदौ २४ गते १५:४७

काठमाडौँ । आइतबार सेयर बजार नेप्से १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा उक्लिएको छ । पछिल्ला तीन साताको आइतबार ओरालो लागेको नेप्से, आज भने बढेको हो । आज सेन्सेटिभ इण्डेक्स २.३२, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आइतबार २७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, शुभम् पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयर करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८१ प्रतिशत घटेको छ। गत साता कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कारोबार रकमका आधारमाहिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।

प्रतिक्रिया