बिहीबार, वैशाख १७, २०८३

उच्च रक्तचापको समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

मेरोन्यूज २०८० भदौ २४ गते २०:४५

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादव । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् ।

Advertisement
NiccNicc

यादव आइतबार वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन्।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ।

‘उहाँको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको छ। त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ,’ उपकुलपति डा बस्नेतले भने ।

प्रतिक्रिया