युरो छनोटमा स्पेन र बेल्जियमको जित

काठमाडौं । युरोकप २०२४ को छनोटमा स्पेन र बेल्जियमले जित हात पारेका छन् । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले साइप्रसलाई ६-० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।
स्पेनको लागि फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले एकरउक गोल गरे ।
जितपछि चार खेलबाट ९ अंक जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नर्वेले जर्जियालाई २-१ ले हरायो । नर्वेका लागि एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डले गोल गरे ।
नर्वे ७ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै रोमेलु लुकाकुको दुई गोलको मद्दतमा बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५-० ले हरायो । जान भर्टोङ्गन र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफमा गोल गर्दै बेल्जियमलाई दुई गोलको अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको सुरुमा लुकाकुले दुई मिनेटमा दुई गोल गरेपछि बेल्जियमले ६० मिनेट भित्रै ४-० को अग्रता बनायो ।
बेल्जियमका लागि पाँचौ गोल चार्ल्स डे केटेलाएरेले ८८औं मिनेटमा गरे ।
जितपछि पाँच खेलबाट १३ अंकसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ । स्वीडेनलाई ३-१ ले हराएर १३ अंक नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ । यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २-० ले पराजित गरेको छ । इटलीका लागि डेभिड फ्रेटेसीले पहिलो हाफमै दुई गोल गरे ।
युक्रेनका एन्ड्री यार्मालेन्कोले दोस्रो हाफमा एक गोल फर्काए । जितपछि चार खेलबाट ७ अंक जोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अंक रहेको युक्रेन तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २-० ले पराजित गरेको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया