शनिबार, वैशाख ५, २०८३

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

मेरोन्यूज २०८० भदौ २८ गते १३:३७

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेय खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य विक्रेता तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया