सरकारले यस वर्ष पदक, विभूषण र अलंकार नबाड्ने

काठमाडौँ । सरकारले हरेक वर्ष संविधान दिवसका घोषणा गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक घोषणा नगर्ने भएको छ । सरकारले अघिल्ला वर्षहरूमा संविधान दिवसका दिन पदक दिने घोषणा गरेर नयाँ वर्षको दिन वितरण गर्ने गर्दथ्यो ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि अहिले घोषणा र वितरण नगर्ने निर्णय गरेको हो । बैठकले आगामी वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए।
‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन। खर्च मात्रै बढी भयो’, एक मन्त्रीले भने, ‘त्यही भएर यस वर्ष पदक नबाँड्ने निर्णय भएको छ। मन्त्रिपरिषद् पदकबारे उचित मापदण्ड तय गर्न समिति पनि बनाउने निर्णय भएको छ।’
राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो। सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक कृयाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया