सरकारले यस वर्ष पदक, विभूषण र अलंकार नबाड्ने

काठमाडौँ । सरकारले हरेक वर्ष संविधान दिवसका घोषणा गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक घोषणा नगर्ने भएको छ । सरकारले अघिल्ला वर्षहरूमा संविधान दिवसका दिन पदक दिने घोषणा गरेर नयाँ वर्षको दिन वितरण गर्ने गर्दथ्यो ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि अहिले घोषणा र वितरण नगर्ने निर्णय गरेको हो । बैठकले आगामी वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए।
‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन। खर्च मात्रै बढी भयो’, एक मन्त्रीले भने, ‘त्यही भएर यस वर्ष पदक नबाँड्ने निर्णय भएको छ। मन्त्रिपरिषद् पदकबारे उचित मापदण्ड तय गर्न समिति पनि बनाउने निर्णय भएको छ।’
राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो। सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक कृयाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो।

















राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
दुर्गा प्रसाईँ आज नछुट्ने
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
प्रतिक्रिया