शनिबार, वैशाख ५, २०८३

चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको बोनस कति ?

मेरोन्यूज २०८० भदौ २९ गते १८:२७

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा बैंकले लाभांश घोषणा गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुने छ ।

यस्तै एभरेष्ट बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०।५३ प्रतिशत नगद लाभांश रहेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ ।

बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभाका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज ७ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया