चिकित्सक र स्वास्थ्य मन्त्रालयको वार्ता समितिबीच छलफल सुरु

काठमाडौँ । आन्दोलनमा रहेका चिकित्सिकहरुसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनाएको वार्ता टोली र चिकित्सकहरुबीचका वार्ता सुरु भएको छ । नेस्वास्थ्य मन्त्रालयमा वार्ता केहीबेर अगाडीबाट सुरु भएको हो ।
मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
नेपाल चिकित्सिक संघले हेटौडामा चिकित्सक कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । त्यसपछि मन्त्रालयले आन्दोलनमा रहेका चिकित्सिकहरुसँग वार्ता गर्न समिति बनाएको हो ।
स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।
यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ ।
चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलन थालेपछि वार्ता भएको हो ।
















यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया