चार महिना १० दिनमै फेरिए अर्थसचिव
पोखरेललाई हटाएर पुष्करलाई पुनः बनाइयो अर्थसचिव

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले चार महिना १० दिनमै अर्थसचिवबाट अर्जुन पोखरेललाई हटाएको छ ।
गत शुक्रबार प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गत बैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट अर्थसचिवको जिम्मेवारी संहालेका पोखरेललाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पु¥याइएको छ ।
अर्थसमितिमा विवादस्पद पृष्ठभूमि रहेका कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । १० पुसमा एमालेसहितको गठबन्धन सरकार बनेपछि अर्थमन्त्री बनेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थसचिव रहेका पुष्करलाई हटाएर तोयम रायलाई अर्थसचिव बनाएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा राजश्व दर ‘हेरफेर’ विषयमा विवादित भएपछि २०७९ साउनमा तत्कालीन अर्थसचिव मधु मरासिनीलाई हटाएर शर्माले पुष्करलाई सचिव बनाएका थिए । पुष्कर त्यतिबेला अर्थ मन्त्रालयमै राजश्व सचिव थिए ।
वर्तमान गठबन्धन सरकारमा डा.प्रकाशशरण महत अर्थमन्त्री भएपछि राय हटाएर पोखरेललाई गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको थियो ।
अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर हाल बेलायत भ्रमणमा छन् । पुष्करलाई गत भदौको पहिलो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो ।
पुस्ष्करलाई सरुवा गरेर संघीय मन्त्रालयको सचिवमा विनोद सिंहलाई पठाइएको थियो ।

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
प्रतिक्रिया