बुधबार, वैशाख ९, २०८३

भाषा मुद्दामा एमिकसक्युरी मगाउने आदेश

मेरोन्यूज २०८० असोज ४ गते १९:०६

काठमाडौँ । नेपाली शब्दकोशबाट ॐ समेत हटाउने गरि सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले एमिकसक्युरी मगाउन आदेश दिएको छ।

Advertisement
NiccNicc

अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलाशले एमिकसक्यूरी मगाउने आदेश दिएको हो ।

यसपूर्व शब्दकोश तत्काल लागू नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।

रिटमा नेपाली भाषा संस्कृति परम्परा अन्त्य गर्न विदेशी षडयन्त्रबाट त्यस्तो निर्णय गरिएकोले उक्त निर्णय खारेज हुनुपर्ने माग गरिएको छ।

इजलासले सर्वोच्च बारबाट २ जना नेपाल बार बाट २ जनाको एमिकसक्युरी मगाउन भनेको छ ।

प्रतिक्रिया