शुक्रबार, फागुन १५, २०८२

एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि

मेरोन्यूज २०८० असोज ४ गते २०:००

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक नतिजा अनुसार पूरक परीक्षा दिएका ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।

ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० मा निवेदन दिन सक्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा छ महिना भित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।

प्रतिक्रिया