मानव बेचबिखनका आरोपी गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलाशले गौतम र कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र संजेलले उनीहरूविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा चार वटा मुद्दा दायर भएको जानकारी दिए । त्यसमा पुर्पक्षका लागि दुबै जना केन्द्रीय कारागार जगन्नाथदेव चलान भएका हुन्।
पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको थियो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी छन्। तामाङ चारै वटा मुद्दामा प्रतिवादी थिए। अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।
रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्तसहितको समूहमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। हस्त गत भदौ २० गते पक्राउ परेका थिए। उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया